NewsModule


ब्रुनाईमा गैर आवासीय नेपाली संघ गठन

Published On: Wednesday, September 28, 2011 | Source: NRNA BRUNEI

ब्रुनाई, आश्विन ९ - सेरिया ब्रुनाईमा सम्पन्न नेपालीहरुको एक भेलाले गैर आवासीय नेपाली संघ ब्रुनाई गठन गरेको छ ।

 

संघको अध्यक्ष, उपाध्यक्ष  सचिवमा क्रमश विश्वासदीप तिगेला लिम्बु, गोविन्द गुरुङ  र सचिव जीवन बि. के. रहेका छन् ।

 

त्यसैगरी सहसचिव मिलन इधिङ्गो, केन्द्र सम्पर्क सचिव कोमल शाह, आर्थिक सचिव टिका थापा र सदस्यहरुमा क्रमशः किसन राई, श्रीमती उषा लिम्बु, सुजित लामा र सन्तकुमार आङदेम्बे रहनु भएको छ भने सल्लाहकारमा राजेश थापा रहेका छन् ।

 

भेलाको शुरुमा तिगेलाद्धारा कार्यपत्र प्रस्तुत गरिएको थियो र उक्त कार्यपत्र माथि सबैले टिप्पणी गरेका थिए। । नवगठित समितिले तत्कालै वैठक गरि केही महत्वपूर्ण निर्णय समेत गर्‍यो ।